काभ्रे । विहानै देखि आज बीपी राजमार्गमा ट्राफिक जाम भएको छ । दशैको आज फूलपातिको दिन यात्रुहरु घरजाने चहलपहल बढेसँगै अत्याधिक रुपमा ट्राफिक जाम बढेको हो ।
आज सवारी साधानको चाप निक्कै नै बढेको छ । दशैंमा घर फर्किने यात्रु बढेसँगै सवारी साधन चाप पनि बढेको छ ।
राजधानी काठमाडौं र पूर्व जोडने वैकल्पिक सडकको रुपमा रहेको बीपी राजमार्ग साँघुरो भएकै कारण ट्राफिक जाम बढेको हो । नागढुंगामा जाम हुने भएपछि पूर्व जाने साना यातायात बीपी राजमार्ग हुँदै सञ्चालन हुने गरेको छ । बीपी राजमार्गमा टाटासुमो, हायस र मिनी बस, साना निजी सवारी साधन सञ्चालन हुने गरेका छन् ।
यस अघि भन्दा दशैंको बेला सवारी साधनको चाप अध्याधिक रुपमा बढेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले दैनिक शुक्रवार करिब ३५ हजारदेखि चालिस हजारसम्म सवारी साधन सञ्चालन भएको जानकारी दिए ।
बीपी राजमार्गमा हाल दैनिक छ देखि १० घण्टासम्म जाम हुने गरेको छ । बीपी राजमार्गको ठाउँठाउँमा खहरेको कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको छ भने अध्याधिक रुपमा सवारी साधन सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन गर्न पनि ट्राफिक प्रहरीलाई मुस्किल परेको छ । बीपी राजमार्ग धुलिखेलबाट बर्दियावाससम्म १ सय ६० किलोमिटर रहेको छ । यसरी जाममा परेपछि यात्रुहरु समस्यामा परेका छन् । टाढा टाढा पुग्नुपर्ने यात्रुहरु समयमै घर नपुग्लाकि भन्ने चिन्ता गर्न थालेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















