राशी । विजया दशमीको अवरमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १, ताङलिङमा महाभारत कप फूटवल प्रतियोतिा तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम आगामी असोज २२ गते ताङलिङ युवा क्लबको आयोजनामा हुन लागेको हो ।
क्लबका अध्यक्ष धनबहादुर लामाका अनुसार प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि समेत रहेका समाजसेवी तेजबहादुर तामाङले गर्ने भएको छ ।
प्रतियोगितामा १२ वटा टिमले भाग लिने छ । क्लबका अध्यक्ष लामाका अनुसार प्रतियोगितामा भाग लिने क्लबहरुमा शिखर क्लब, चुनिङटार क्लब, मंगलटार क्लब, दारिम्बोट क्लब बी, ताङलिङ क्लब, स्याउरी क्लब, दारिम्बोट क्लब ए, काफल डाँडा क्लब, नारायणटार क्लब, खहरे क्लब र गहते क्लब रहेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख पाँच हजार र दोस्रा पुरस्कार ५१ हजार नगद रहेको छ ।
साँस्कृतिक कार्यक्रमका लागि चर्चित कलाकाहरु विशाल कल्तन, जितु लोप्चन, अमृत लामा। सुनमाया तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने अध्यक्ष लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















