पनौतिमा बसले ठक्कर दिंदा पैदलयात्रीको घट्नास्थलमै मृत्यु
काभ्रे । काभ्रेको नमोबुद्दमा छोराले प्रहार गरेको खन्तीले लागेर बाबुको मृत्यु भएको छ।
घरायसी झगडा हुँदा छोराले खन्तीले हानेपछि नमोबुद्द नगरपालिका-२ सल्लेनीका ४३ वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको हो। शुक्रबार राति साडे ११ बजेको समयमा घरायसी झै-झगडाका क्रममा उनका १८ वर्षीय छोरा विजय तामाङले आक्रमण गरी घाइते बनाएका थिए।
घाइतेको उपचारका लागि लगिएकोमा धुलिखेल हस्पिटलमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए। प्रहरीले मृतकका छोरा विजय तामाङलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।