काभ्रे । सिन्धुली र काभ्रेको सिमानामा भएको बस दुर्घट्नामा १ जना महिला र २ पुरुष गरि ३ जनाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घट्नामा परि ७ जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय, खुर्कोटले जानकारी दिएको छ । काभ्रे र सिन्धुलीका प्रहरी टोलीले उद्धार कार्य गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्पेक्टर धर्मजंग थिङका अनुसार मृतक र घाइतेहरुको नाम भने खुल्न सकेको छैन । काठमाडौंबाट महोत्तरीको लागि रिजर्भ गरिउको बा ३ ख २३५९ नम्बरको उक्त बस काभ्रेको सिमाना काट्ने वित्तिकै दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ओभर स्पीडका कारण दुर्घट्ना भएको हो । गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्दार कार्य भने जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचारको लागि धुलिखेल अस्पताल ल्याएको जानकारी प्राप्त भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















