सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारा बजारमा बसको ठक्करबाट बालिकाको मृत्युु भएको छ।
चौताराको पुरानो बजारस्थित चौतारा बहुमुखी क्याम्पस नजिकको धुम्तीमा बसले ठक्कर दिँदा ३ वर्षीय बालिका प्रेरणा घलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालको डिएस्पी माधव काफ्लेले जानकारी दिए। अरनिको यातायातको बा २ ख ६५३५ नम्बरको बसले ठक्कर दिएको हो।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। बसको ठक्करबाट घाइते बालिकाको चौतारा अस्पतालले मृत्यु घोषणा गरेको डिएसपी काफ्लेले जनाए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















