पुर्व सभामुख कृष्ण बहादुर महराले अफ्ना समर्थक एबम मतदाताहरुलाई नआत्तिन सन्देश दिएका छन् । कर्पोरेट पत्रिकाका अध्यक्ष उज्वलजंग शाहसंग कुरा गर्दै महराले आफु र रोशनी शाहीसँग जोडिएर आएको सवाल उपर हुने छानविन प्रकृयामा पनि अफुले पूर्ण रुपमा साथ दिने बताएका छन् ।
शाहीसँगको आफ्नो सम्बन्ध बाबु छोरीको जस्तो भएको र अनर्गल रुपमा बाहिरिएको हल्लाको पछाडी नलाग्न समेत सबैमा उनले आब्हान गरेका छन् । यथार्थ भएको के हो त्यस बारेको सत्य तथ्य एकदिन वाहिर आउनेमा आफु ढुक्क रहेको जनाउदै उनले आफुले गलत काम नगरेको कुरा प्रति आम मतदाता एबम शुभ चिन्तकलाई आश्वस्त पार्न चाहेको बताएका छन् । साथै, उनले आफ्ना मतदाता एबम शुभ चिन्तकलाई अबिचलित, धैर्य र संयम रहन पनि आग्रह गरे । सुनियोजित रुपमा तयार पारेर बनाइएको योजनालाई पर्दाफास गर्न केहि समय लाग्ने समेत उनले बताएका छन् ।
जनयुद्ध देखि अहिलेका उपलब्धीसम्म आईपुग्दा पार्टी र पार्टीका नेतृत्वलाई सिध्याउन समय समयमा विभिन्न खाले षडयन्त्र हुँदै आएको र यो पनि यौटा निकै नै ठुलो षडयन्त्र भएको पनि उनले बताए ।
कोप भाजनको शिकार आफुलाई बनाउन लागिएको दावी उनले गरे । ‘यस्तै षडयन्त्रलाई पन्छाउदै गणतन्त्रलाई सस्थागत गर्दै आएका हौं । यहा ठुला हलचलका लागि षडयन्त्र भईराखेको हामिलाई मात्र होईन सञ्चार माध्यमबाट पनि आम जनताले थाहा पाउदै आउनु भएको छ । यसैले अहिलेसम्म भएको परिर्वतन र उपलब्धीलाई नै सकाउन र ब्यवस्थै उल्टाउन केहि राष्ट्रिय तथा अन्तराट्रिय तत्वहरु लागि रहेका छन । बिडम्वना यो मात्र होकि यो षड्यन्त्रको पहीलो सिकार म भए । यसकारण धैर्यातका साथ हाम्रा उपलब्धीहरु बचाउन लागि पर्नु पर्छ ।’ महराको भनाइ छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।