बलात्कारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसदको हैसियत गुमेको छ। फौजदारी अभियोगमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा पाउने कुनै पनि सेवा सुविधा प्राप्त गर्ने छैनन्।
नेकपाको सचिवालयले उनलाई सभामखुसँगै सांसद पदबाट पनि राजीनामा गर्न सुझाएको थियो। उनले सभामुख पदबाट राजीनामा गरे पनि सांसद पदबाट राजीनामा दिएका थिएनन्।
महरामाथि संघीय संसद सचिवालयमा काजमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयास गरेको प्रहरीमा उजुरी दिएकी थिइन्।
प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ अनुसार पक्राउसँगै महराले अब सांसदको हैसियतले कुनै कार्य गर्न अधिकार तथा उन्मुक्ति प्राप्त गर्ने छैनन्।
त्यस्तै, उनले पारिश्रमिक समेत पाउने छैनन्। यद्यपी उनको सांसद पदको लोगो भने कायम रहिरहनेछ। अदालतबाट कैद सजाय ठहर भएमा मात्र महरा निलम्बित हुनेछन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















