तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया । ह्योल्मो सम्पर्क समितिको आयोजना र नागर्जुन गुम्बाको विशेष सहयोगमा आइतबार जिहेंग स्थित नागार्जुन गुम्बामा मणिजप तथा छोकफुल कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दुहरुको महान चाड दसैको बेलामा हुने पशु बलिमा प्राण गुमाउने प्राणीहरुको आत्माको चिर शान्ति तथा जीवित प्राणीहरुको हितको लागि हरेक वर्ष आयोजना गर्दै आइरहेको म्हानीजप तथा छोगफुल कार्यक्रमलाई निरन्तरता दिदै नागर्जुन गुम्बाको विशेष सहयोगमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको हो ।
नेपालबाट पाल्नु भएको लामा गुरू गेसे पाल्देन लामाको उपस्थितिले कार्यक्रम अझ विशेष भएको थियो । कार्यक्रममा कोरियामा रहनु भएका नेपालका लामा गुरूको साथमा ह्योल्मो, शेर्पा, मनाड़, मुस्ताड़, तामाड़ लगायतका समुदायबाट उपस्थिति भइदिनु हुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबै बौद्ध धर्मावलम्बिहरु यसै गरि एकजुट भै बौद्ध धर्म परम्परालाई अगाडि बढाउन सबैमा अध्यक्ष कान्छा बाबु ह्योल्मोले अनुरोध गर्नु भयो ।
























