काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष मिलन लामा माथि गोली प्रहार गरेपछि गाउँपालिका अध्यक्ष डिबि लामा र वडा अध्यक्ष मिलन लामाले प्रतिक्रिया दिएका छन् । गत आइतबार वडा अध्यक्ष लामा माथि स्थानीय अनुपबुद्ध लामाले सामान्य विवादमा पोस्तोल निकाले गोली प्रहार गरेका थिए ।
यो घट्नाको विषयमा गाउँपालिका अध्यक्ष लामाले यो घट्ना प्रति आफ्नो ध्यानाकर्षण भएको र दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष लामाले यस्तो लेखेका छन्ः ‘हाम्रो कार्यपालिका सदस्य एवम रोशी ११ का वडा अध्यक्ष मिलन लामाजी प्रति भएको घट्ना प्रति रोशी गाउँपालिकाको ध्यानाकर्षण भएको ब्यहोरा अवगत गराउँदै, गर्ने र गराउनेको पनि पहिचान गरी दोषीलाई यथासिघ्र कानूनी दायारमा ल्याई कानूनी कार्वाहीकोलागी सम्बन्धित निकायलाई अनुरोध पनि गर्दछु ।’

त्यसैगरि वडा अध्यक्ष मिलन लामाले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । आफूलाई गोली ताक्ने व्यक्ति नेकपाको कार्यकर्ता समेत भएको खुलासा गरेका छन् ।
उनले लेखेका छन्ः
‘स्थानिय चुनाव मा नेकपाको बुथ प्रतिनिधि रहेका नेकपाको कार्यकर्ता रुपमा चिनिन्छ । स्थानियहरुलाई हतियार देखाएर आतङ्क फैलाउनु लागुऔषधि दुब्र्यसनी समेत रहेको निज समाजमा अराजकता फैलाएको हुनाले त्यो बिषयमा आफुले पटक पटक कुरा उठाएको सचेत गराउन खोज्ने क्रममा मनमुटावहरु सुरु भएको थियो । हिजो एक्कासि सो घटना हुन पुग्यो ।
निज ब्यक्तिलाई आत्मबल दिने गराउने खालको अवस्था सृजना गर्ने ब्यक्ति, समुदाय पनि दोषी छन कि ? केवल मैले बिधिको शासन निति नियम कानुनको पालना गर्न गराउन खोज्ने क्रममा यो घटना भएको हो । अहिले अफु सुरक्षित रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

यो पनि पढ्नुहोस्ः
काभ्रेको रोशीमा वडा अध्यक्ष माथि गोली प्रहार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















