काठमाडौं– चिनका राष्ट्रपति सी चिनफिङ दुईदिने भ्रमणका लागि नेपाल आउने मिति तय भएको छ। राष्ट्रपति सी २५ गते शनिबार काठमाडौं आइपुग्ने र २६ गते फर्किने तय भएको परराष्ट्र मन्त्रालयले  बुधबमर प्रेस बिज्ञप्ति मार्फत् बताएको छ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा चिनफिङ भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीले समकक्षी भेटपछि  उनको सम्मानमा  रात्रीभोजको आयोजना गर्ने भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीचाको भेटमा दुईपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ।

Comments

comments