काठमाडाैं । करिब दुई महिनाअघि नेपालगञ्ज उपमहानगरका मेयर धवलशम्शेर राणा विवादमा तानिएका थिए ।
उपमहानगरका छाँडा चौपाया गाई–गोरु व्यवस्थापन गर्ने नाममा गाई–गोरुलाई सुर्खेतको जंगलको भिरबाट गुल्टाएर मारिएको थियो ।
जसमा मेयर राणाकै संलग्नता छ भन्दै आलोचना गरियो ।
सुर्खेतको काञ्जीहाउसमा लैजाने भनेर नेपालगञ्जबाट सुर्खेत पठाइएकामध्ये २५ वटा गाई–गोरुलाई बिच बाटैमा भिरबाट लडाइएको थियो । यस घटनामा मेयर राणाको सर्वत्र आलोचना भयो । उनी राप्रपाबाट चुनाव जितेर मेयर भएका हुन् ।
हाल सोही नगरपालिकाकी उपमेयर उमा मगर चर्चामा आएकी छन् । चर्चा मात्र हैन विवादमै तानिएकी छन् ।
नेपाली कांग्रेसबाट जितेर उमेयर भएकी उनले दसैंको टीका लगाएर आफ्नाे पिताजीलाई अस्वभाविक तरिकाले खुट्टा ढोक्न लगाएको फोटो लिइन् र उक्त फोटो सहर्ष आफ्नाे फेसबुकमा राखिन् ।
अहिले फेसबुक प्रयोगकर्ताहरुले उक्त फोटोमा कमेन्ट र सेयर गरिरहेका छन् । कतिपयले अति भो, अचम्म भन्दै कमेन्ट गरिरहेका छन् ।
आफ्नाे फोटो विवादमा आएपछि उनले उक्त फोटो भने एकाउन्टबाट हटाएकी छन् । अन्य फोटो जस्ताको तस्तै छन् ।
हुन त मगर समुदायमा दसैंमा टीका लगाएर छोरीचेलीलाई ठूलाले नै ढोक्ने चलन होला । अन्य आदिवासी जनजातिमा पनि छोरीचेलीलाई ढोक्ने चलन छ । तर उपमेयरको यस्तो शैलीलाई भने परम्परा भन्न मिल्दैन हर्कत भन्न सकिन्छ ।
आप्mनो परम्परा र चलनअनुसार ठूलाबडालाई ढोक्न लाउनु स्वभाविक हो ।
तर उपमेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नाे पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मञ्चाउने खालको काम गर्न सुहाउँदैन । नेतृत्व त अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ ? नेपालगञ्ज उपमहानगरका जनताले कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाएछन् ?
हामीले कस्ता व्यक्तिलाई आफ्नाे प्रतिनिधि चुन्दैछौ भन्नेबारे बारम्बार सोंच्नुपर्ने भएको छ, सोचिरहनुपर्नेछ ।

Comments

comments