अशोक बुद्ध लामा
रोशी । नेपालीहरुको महान चाड बडा दशैको अवसरमा रोशी गाउँपालिका वडा नम्बर ११ को पंचबुद्ध युवा क्लबको अायोजना र रोशी गाउँपालिका वडा नम्बर १० को पंचकन्या युवा क्लबको समन्वयमा जिल्लामै सबैभन्दा बढी पुरस्कार धनराशि रहेको रोशी गोल्डकप अाजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन रोशी गाउँपालिकाका अध्यक्ष डिबि लामाले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लामाले फुटबल अायोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै खेलसँग स्वस्थ्य र राष्ट्र अनुशासन जोडिएकोले खेलमा संयमित भएर खेल्नुपर्ने र रेफ्रिहरुलाई निष्पक्ष रहेर अाफ्नो भुमिका निर्वाह गर्न अनुरोध गरे ।
आयोजकलाई ३ लाख रुपियाँ सहयोग गर्ने लामाले बताए ।
त्यसैगरी उद्घाटन कार्यक्रका बिशेष अतिथि तेमाल गाउँपालिकाका उपअध्यक्ष दुर्गमाया तामाङले खेल राष्ट्रको खम्बा भएको बताउदै राष्ट्र विकास हुन खेलकुदमा पनि बिकास हुनुपर्नेमा जोड दिए ।
रोशी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामाले खेलकुद अायोजना विवादको बिचमा सन्चालन गर्ने निर्णय गरेको र सहयोग र समन्वय गर्ने सबैलाइ धन्यवाद दिए ।
आजको उद्दघन खेलमा अायोजक टिम पंचबुद्ध युवा क्लबलाई मेच्छे फुटबल क्लबले ३- १ अन्तरले पराजित गरेको छ ।