सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको  इन्द्रावती गाउँपालिका-१० मा भएको बस दुर्घटनामा परी मृत्यु भएका ११ जना र घाइते भएका ५८ जनाको परिचय खुलेको छ।
मृत्यु हुनेमा अधिकांश इन्द्रावती गाउँपालिकाका सर्वसाधारण  रहेका छन्। बस दुर्घटनामा चालककाे समेत मृत्यु भएकाे छ। बस दुर्घटना हुनुकाे मुख्य कारण ब्रेक फेल भएकाे प्रहरीले जनाएकाे छ। त्यसैगरी गाडीमा अत्यधिक यात्रु सवार गराउँदा दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ।
घाइतेहरुको काठमाडौंस्थित ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताल तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेहरु
१. जुनादेवी लम्साल इन्द्रावती ९,
२. सुवाश तमाङ, इन्द्रावती,
३. अनुज तमाङ इन्द्रावती,
४. मिना मगर इन्द्रावती,
५. सुमित पुर्कोटी इन्द्रावती,
६. बिनोद लम्साल इन्द्रावती ९,
७. हिरा श्रेस्ठ इन्द्रावती ९,
८. रितेश आचार्य इन्द्रावती १०,
९. केदार श्रेस्ठ बनेपा,
१०. संगीता मिजार
११. सुमिता श्रेष्ठ (बाह्रबीसे)
नेपाली सेनाको ‘एमआई-१७’ हेलिकोप्टरबाट १३ जना र निजी वायुसेवा प्रदायक कम्पनीको अर्को एक हेलिकोप्टरमार्फत १० जनालाई उपचारका लागि काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।

घाइतेहरुको नामावली:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।