काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घट्नास्थलबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा प्रकाश मोक्तन र ओकिल बोम्जनको घटना स्थाल मै मृत्यु भएको छ भने अस्पताल ल्याउदै गर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

काभ्रेको महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दिपक गिरिका अनुसार उद्धार कार्य जारी रहेको र विवरण भने आउन बाकी रहेको छ ।

महाभरत गाउँपालीका वडा नं. २ अम्बरबास सिक्तेल बाट दशै सकेर काठमाडौं फर्किने क्रममा रोशी गाउँ पालिका ३ सांझाकोटमा करिब दिउसो ५:१५ तरि दुर्घटन भएको हो । गाडीमा ३५ जना को संख्यमा सवार भएको अनुमान गरिएको छ ।
गाडिमा सवार सबै जना घाईते रहेको र १३ जनाको अवस्था गम्भिर रहेको बुझिएको छ ।

स्थानिय र प्रहारीहरु मिलि गाईतेको उद्धार कार्य जारी रहेको र घाइतेहरु सबैको उपाचारको लागि धुलिखेल हस्पिटलमा ल्याउदै गरेको डिएसपी गिरिले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।