सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ३ झाँगाझोलीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।
बा ३६ प ७८७ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएको ज १ ज २३२ सुमोले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना नै सुनकोसी नदीमा खसेका थिए । मोटरसाइकलसहित तीनजना यात्रु उछिट्टिएर सुनकोशीमा खस्दा एक जनाको निधन भएको हो ।
मृत्युृ हुनेमा सुनकोशी गाउँपालिका, भुत्याटारका १९ वर्षीय धनध्वज तामाङ रहेका छन् । दुर्घटनामा घाइते काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका–२ का २६ वर्षीय नेमा तामाङ र १८ वर्षीय मानध्वज तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिएकाछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















