तनहुँ । तनहुँको गुणादीमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चालकको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । । बलेरो चालक नवलपरासी सरावल गाउँपालिका९१ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट पोखरा तर्फ जादै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बलेरो र विपरीत दिशाबाट आउदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
सानो घुम्तीमा तिव्र गतिमा आएको दुईवटै सवारी ठोक्किदा उक्त दुर्घटना भएको डिएसपी लामिछाने बताउँछन । उक्त दुर्घटनामा बलेरो जिपको अगाडिको भागमा पुर्ण क्षती पुगेको छ ।
बस चालक र बस प्रहरी नियन्त्रण रहेको छ । अहिले राजमार्ग पुर्ण रुपमा सुचारु भईसकेको प्रहरीले जनाएको छ ।