सुनिता दोङ तामाङ
इराक । बैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपालीहरुले हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीको आयोजनामा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रम समाजका पूर्व अध्यक्ष राजिव थिङको प्रमुख आतिथ्यतामा र हामा हजारको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन विनोद श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संयोजन निमा शेर्पाले गरेका थिए ।

कार्याक्रमको मुख्य प्रायोजक दुबई मनि एक्सप्रेस र सह–प्रायोजक सिटि एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो ।

कार्यक्रममा उठेको रकम देश बिदेशमा विभिन्न पिडामा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई सहयोग गर्ने कार्यक्रमका संयोजक निमा शेर्पाले तेमाल अनलाईनलाई जानकारी दिए । ‘पीडामा परेकालाई जस्तैः क्यान्सर पिडित, मृगौला पिडित लगायत पैसाको समस्याले टिकट काटेर आफ्नो स्वदेश जान नसकेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामीले सहयोग गर्नेछौं ।’ कार्यक्रम संयोजक शेर्पाले भने ।

यो पनि पढ्नुहोस्ः

वडादशैंको अवसरमा सुलेमानीमा हुने साँस्कृतिक कार्यक्रमको तयारी पूरा

इराक कुर्दिस्तान सुलेमानीको नेपाली रेष्टुरेन्टमा दशै कार्यक्रम सम्पन्न

इराकमा रहेका नेपालीले यसरी मनाउने भयो दशैं 

 

Comments

comments