ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज २७ । विक्रम संवत २०७६ साल आश्विन २७ गते सोमबार तदनुसार २०१९ अक्टोवर १४ तारिख कार्तिक कृष्ण प्रतिपदा तिथि भोलिविहान ३ । ३२ उपन्त द्वितिया तिथि रेवति नक्षत्र विहान १० । ५० उप्रान्त अश्विनी व्याघात योग विहान ६ । १६ उप्रान्त हर्षण योग बालव करण आनन्दादि योगमा मातंग योग चन्द्रमा मिन रासिमा विहान १० । ५० सम्म उप्रान्त मेष राशिमा अमृत बेला विहान ७ ।
३३ सम्म चन्द्रमा आज उत्तर बाट पूर्व तिर जाने भएकोले कामगर्दा उत्तर फर्केर यात्रागर्दा उत्तरको भए सिधै अन्य भएमा केहि उत्तर गएरमात्र यात्रा गर्नुहोला विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं ग्लों क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ हं हनुमते रुद्रात्मकाय हँन ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्य शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः यो ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गर्दा सहज सरल हुनेछ । केहि समय देखि देशमा संकट आइरहेकोले देश र जनताको हितका लागि यो मन्त्र पढनु राम्रोहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विहान खर्च बढ्ने विवाद बढने र चिन्ता बढ्ने योग भयपनि दिउसो मान सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योगबृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विहान आमदानी बलियो हुनेछ समय साथदिने भयको आटेको काममा सफलता मिल्नेछ दिउसो खर्च बढि हुनेछ बोलेका कुरा पुर्याउन असजिलो होला अरुको विस्वास परेर मन खिन्न हुनेछ मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बैदेशिक कार्यममा हुने सफलताले धन मनग्य आर्जन हुदा मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा अरु काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछकर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भाग्य बलियो भयको काममा सफलता पाउने योगछ महत्वपूर्ण काम छिट्टै गर्नुहोला आर्थिक समाजिक कार्य अनुकूल भयकोले राजनीतिमा अघि वढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोलासिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थको ख्याल बढि गर्नुपर्ला समय सजिलो छैन प्रयत्नले काम बन्ने अवस्ता देखिदैन दाम कमाउने अवसर मिल्नेछैन शत्रु सकृय हुनेछन प्रेमको यात्रामा कठिनाइ आउनेछकन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विहान बुध्दि लगाउँदा अरुको विस्वास लियर वैदेशिक व्यापारमा लाभ उठाउन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्यायर सहयोग गर्ने भयपनि दिउसो अरुको विस्वासमा परेर अघिबढ्दा काममा असफलभै चिन्ता भएकोले महत्वपूर्ण काम अघि नसर्नु बेश होलातुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिश्रम र बुध्दिले काम गर्दा अरुलाइ पारस्त गर्न सकिनेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ घर घडेरी जोढने तरखरमा भए सफलता सजिलै मिल्नेछबृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विहान बुध्दि लगाउदा कुरा बुझेर सहयोग गर्नेहरु भेटिनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ दिउसो शत्रु वढ्नुको साथै अस्वस्त भयर काममा अघि बढ्न गारो हुनेछधनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मित्रको सहयोग पाउने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा उत्साहको पनि कमीछैन शव्दमा अलिध्यान दिनुभयमा धेरै काम पुराहुनेछनमकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिश्रको प्रभाव राम्रो पर्ने हुदा सत्यलाइ बुझेर अरुबाट प्रसम्सा हुनेछ हुनाले भेटघाटमा खुसि पनी बढ्नेछ अरुको विस्वसपनि आफुप्रति रहने योग मित्र तथा परिवार सङ्ग राम्रो हुने भएकोले भेटघाटमा सकृय रहनुहोलाकुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बोलिबचन राम्रो भयकोले भेट घाटको अवसरमा प्रसम्सक हरु धेरै भेटिने पराक्रम बढ्ने तथा मनोबल बढने काममा सुधार आउनेछ नयाँकामको प्रस्ताव आउने भयकोले व्यक्तित्व प्रस्तुत गर्ने अवसर मिल्ने योगछ मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आमदानिको कमि हुनेछैन सोचने सक्तीमा तिव्रता आउनाले बुध्दि प्रखर हुनेछ मनोबल बढ्ने बोलिको प्रभाव राम्रो हुदा काममा सुधार आउने मनमा प्रसन्नता बढने योगछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















