काठमाडौं । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारकोलागि पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको अपिल गरेको छ । महासंघका महासचिव रमेश विष्टद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार बोहराको उपचारको लागि अपिल गरेको हो ।
जाति अपिलमा नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरा मस्तिष्क घातका कारण गम्भीर विरामी भई काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालको आइसिसियू कक्षमा उपचाररत रहेको उल्लेख छ । बोल्न र हिडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।
दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको र उनको उपचारमा सहयोगी हातहरूको खाँचो रहेको अपिलमा जनाएको छ ।
अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहयोगी मित्रहरुलाई उनका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिनुहुन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अपिल गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।