फोटोः पत्रकार अरविन्द्र गौतम
बनेपा । काभ्रेको बनेपा बजारमा भर्खरै टाटा सुमो दुर्घट्ना भएको छ । रामेछापबाट काठमाडौं जाँदै गरेको ना १ ५५३३ नं.को सुमो बनेपा चाँदनी चोक स्थित अरनिको राजमार्गमा दुर्घट्ना भएको हो ।
इलका प्रहरी कार्यालय, बनेपाका प्रमुख इन्स्पेक्टर निरन्जन भट्टराईका अनुसार दुर्घट्नाबाट १३ जना यात्रु सामान्य घाइते भएको छ । घाइतेहरुलाई तत्काल शिरमेमोरियल अस्पताल बनेपामा उपचारको लागि लगिएको इन्स्पेक्टर भट्टराईले तेमाल अनलाईनलाई जानकारी दिए ।
सामान्य घाइतेहरुको उपचार पछि डिस्चार्ज भईसकेको भट्टराईले बताए । चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।