काठमाडौँ – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल’ नामक तीन वर्षे परियोजना सम्झौता गर्नुभएको थियो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।
त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।
‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भन्नुभयो– ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको छ।’
त्रिविले करिब ८५ करोड रुपियाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ। करिब ९ करोड रुपियाँबढी खर्च भएकोमा ७ करोड रुपियाँबराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ। यो समाचार आजको नेपाल समाचार ईश्वरराज ढकालले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।