चिकित्सा शिक्षा ऐनविपरीत २९ संस्थालाई प्रमाणपत्र तहमा नर्सिङको सम्बन्धन दिने प्रक्रिया अघि बढेको छ । चिकित्सा शिक्षा आयोगले त्यसका लागि प्रक्रिया अघि बढाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई निर्देशन दिइसकेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रुचिमा पुरानै व्यवस्थाअनुसार सिटिइभीटीमार्फत सम्बन्धन दिने तयारी भएको स्रोतले जनाएको छ । आयोगको कार्यकारी उपाध्यक्षमा मन्त्री पोखरेलनिकट प्रा।डा। श्रीकृष्ण गिरी छन् । ऐनविपरीत सम्बन्धनको प्रक्रिया अगाडि बढाइएकोमा आयोगका सदस्यहरूले भने असन्तुष्टि जनाएका छन् । ‘सिटिइभिटीकै ऐनअनुसार सम्बन्धन बाँड्ने हो भने किन चिकित्सा शिक्षा ऐन, आयोग चाहियो ?’ आयोगका एक सदस्यले भने ।
आयोगको १ असोजमा बसेको बैठकले ‘सिटिइभीटीमा ४ चैत ०६८ भन्दा पहिले नर्सिङ विषयको कार्यक्रम सञ्चालन स्वीकृतिका लागि आवेदन गर्ने संस्थालाई मापदण्ड पूरा गरेका आधारमा सञ्चालन अनुमतिसम्बन्धी प्रक्रिया अघि बढाउन सिटिइभीटीलाई निर्देशन दिने’ निर्णय गरेको छ । मन्त्रालयले शिक्षण संस्थाको भौतिक पूर्वाधारको अनुगमन गरी प्रतिवेदन बुझाउन देशभर ५ टोली खटाएको छ । केहीले प्रतिवेदन पनि बुझाइसकेका छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।