राजकुमार गोले
काठमाडौंबाट बनेपा पनौती हुँदै करिब २५ किलो मिटर हुइँकिदा पुगिन्छ बेथानचोक गाउँपालिका–५, काभ्रेका कामीडाँडा । राजनीतिक आन्दोलन र नेपाली राजनीतिमा बिस्व मै चर्चा कमाएको नाम हो कामीडाँडा । तत्कालीन माओवादीले जनयुद्ध कालमा आधार इनालाका बनाइ जनमुक्ति सेनाको एक टुकडी तेस्रो डिभिजन राखेपछि र तत्कालीन माओवादीको केन्द्रिय समितिको बैठक बसेपछि चर्चामा पुगेको हो ।

माओवादी जनमुक्ति सेनाले परेड खेलेर चर्चामा आएको कामीडाँडामा १३ बर्षपछि शनिबार सामाजिक बिकास मन्त्री युवराज दुलाल जनयुद्धको क्रममा परेड खेल्ने चौरमा खेलकुद मैदानको उदघाटन गर्न पुगे ।
सरकारी गाडीमा दुलाल सरर
कामीडाँडामा तत्कालीन समय जनयुद्धको क्रममा कमाण्डर थिए मन्त्री दुलाल । उनको कमाण्डमा धेरै दिन जनमुक्ति सेनाले परेड खेले । रासानपानीको ब्यबस्थापन र प्रचण्ड–बाबुराम पुग्दा खराब मोटरबाटोका कारण निक्कै सास्ती खेप्नु परेको पिडालाई भुल्दै शनिबार उनी सरकारी गाडीमा हुइकिएर पुग्दा सबै चकित बने । जनमुक्ति सेनाको एक कुशल कमाण्डर आज मन्त्री भएर आउँदा जोकोही पनि चकित पर्ने नै भयो ।

१३ बर्षपछि कामीडाँडामा मन्त्री दुलालको ५ घन्टा
बिश्वमै चर्चा कमाएको कामीडाँडामा मन्त्री दुलाल १३ बर्षपछि पुगे । कार्यक्रम उद्घाटनका लागि पुग्नु अघि मन्त्री दुलालले स्थानिय जनतासँग भेट्घाट, जनमुक्ति सेना ३ नं. डिभिजन कार्यालयको शिबिर संचालन गर्दा खनेको बङ्कर र कामीडाँडामाबाट देखिने विभिन्न हिमश्रृंखलाहरुसँग रमाए । कामीडाँडामा उत्पादन भएको चियाको चुस्कीसँगै जनयुद्धकालका घटना सम्झिदै लुकामारी र परेड खेल्ने डाँडाकाँडालाई निकै बेर नियाले अनि उनी भाबुक समेत भए ।
चिया बगैंचामा मन्त्रीको अवलोकन र सेल्फी
धेरै बर्षपछि कामीडाँडा पुगेका मन्त्री दुलालसँग स्थानियहरु मात्रै होइन नेतादेखी जनप्रतिनिधि समेत चिया बगैचातिर रमाए । सेल्फीखिच्ने देखि फोटो खिच्नेसम्म भ्याइनभ्याई थियो । स्थानियहरुका अनुसार कामीडाँडा पुगेका मन्त्री दुलाललाई पुर्ब राज्यमन्त्री एवं कामीडाँडाबासीका प्यारो ब्यक्तिको रुपमा चिरपरिचित सुर्यमान दोङ (लालध्वज), नेकपाका युवा नेता इन्द्रबहादुर थिङ (छिन्ताङ) र अर्को युवा नेता मर्दन सिं तामाङ (पेमा)ले पछिल्लो बिकाससँगै परिवर्तन बारे मन्त्री दुलाललाई जानकारी दिएका थिए ।

मन्त्री दुलालसँगै प्रदे ३ का प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुँमागाईं, पनौती नगपालिकाका प्रमुख भिम न्यौपाने र खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालको सहभागिता रहेको थियो ।
स्थानियसँग मन्त्रीको भेटघाट
१३ बर्षपछि कामीडाँडा पुगेका मन्त्री दुलाललाई चिन्न सकेनन् स्थानीय कान्छी माया तामाङले ।सुरक्षागार्ड सहित पुगेका उनले दुलाललाई चिन्न सकिनन् । अरुले भनेपछि मात्र मन्त्री दुलाललाई चिने कान्छीमायाले । अरुले भनेको थाहा पाएसी निकै हसिलो मुहारमा देखिएकी कान्छीमाया फुटबल खेलेको ठाउँतिर लागिन । ‘पहिलाको भन्दा धेरै परिवर्तन हुनुभएछ । चिन्नै सकिन ।’ कान्छीमायाले भनिन् ।

पैदल यात्रा गर्दै, खेलकुद मैदान जाँदै
युद्ध कालको बङ्गर, चिया बारीको अवलोकनपछि मन्त्री दुलाल पैदल यात्रा मार्फत कार्यक्रम स्थल हानिए । कामीडाँडाबाट नागपोखारी खेलकुद मैदान पुग्न करिब दस मिनेट लाग्छ ।
फुटबल प्रतियोगिता र खेलमैदानको उद्घाटन गर्न पुगेका मन्त्रीलाई सबै जनाले हेर्न थाले । सायद परिवर्तन के भएछ त भनेर हेरेका जस्तै । मन्त्रीसँगै कोहि सेल्फी खिचेर रम्न थाले । कार्यक्रम शुरु हुँदासम्म पनि मन्त्री दुलाल स्थानीयसँग सेल्फी खिच्न भ्याइनभ्याई थियो ।

मन्त्री दुलालले कामीडाँडामा उभिएर यस्तो भने
३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले कम्युनिस्ट नेतृत्वको सरकारले बिकास निर्माणमा क्रान्ति ल्याउने दाबी गरे ।
१३ बर्षपछि कामीडाँडा आएका मन्त्री दुलालले जनयुद्धको स्मरण गर्दै भने, ‘हिजो हामी बन्दुक र बिचारको लडाइँमा थियौं आज हामी विकास निर्माणको चरणमा छौं ।’ अब समृद्ध नेपाल सुखी नेपाली अभियानलाई तिब्र बनाउने उनको प्रतिबद्धता थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















