काठमाडौं । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू । आजको नयाँ पत्रिकामा यो खबर पहिलो पृष्ठमा छ । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बुढो मान्छेले पनि त्यस्तो गर्छ र ’ भने । उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् । मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भनेर कुरा टुंग्याए । तर, बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गरेका थिए । आफ्नो कुरा कसैले पनि नसुनेपछि उनले विष खाएर आत्महत्याको प्रयास गरिन् । तर, उनी मरिनन् । अस्पतालको उपचारबाट अलि ठीक भएपछि असोजमा उनी बाबु र हजुरबुबाविरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय काभ्रे पुगिन् । घटना बाहिर आएलगत्तै हजुरबुबाले आत्महत्या गरे । छोरीलाई न्याय दिलाउन उभिनुको साटो आमाले भनिन्, ‘मैले अरू छोराछोरीलाई पनि हेर्नुपर्छ १’ जिल्ला अदालत काभ्रेले उनका बुबालाई १८ वर्ष कैदको फैसला सुनायो । पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दामा सर्वोच्चले पनि जिल्लाकै फैसला सदर गर्यो। बाबु जेल गए, तर आमा पराइ भइन् । राजधानीको एउटा गैरसरकारी संस्थाको संरक्षणमा रहेकी यी बालिका भन्छिन्, ‘आफ्नो भन्ने कोही छैन, जाने ठाउँ कहीँ छैन ।
निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् ।
यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् ।
नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक ९सइ० बमबहादुर रानाले करणी प्रयास गरेको बताएकी हुन् ।
केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार गत असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।