सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा बिहिबार राति एक जनाको शीर क्षेदन गरि विभत्स हत्या हत्या भएको छ।
हत्या हुनेमा सोहि ठाउँको विजय गोले रहेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। सामान्य विवाद उनको हत्या भएको प्रहरीको अनुमान छ।
सोहि गाउँपालिकाकै वर्ष २३ का मिलन स्याङ्बो र वर्ष २४ का बमबहादुर स्याङबोले हत्यागरि फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मृतकको शव अहिले इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइए प्रहरीले जनाएको छ। हत्या गरि फरार भएका व्यक्तिको खोजिकार्य तिव्र पारिएको प्रहरीले जनायो।
बिहिबार राति देखि नै प्रहरी परिचालन गरि सबै नाकामा सतर्क गराइएको छ। हत्याराहरु पाँचपोखरी गाउँपालिका वरिपरि नै लुकेको आशंका गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















