दुम्जा । सिन्धुली जिल्लको सुनकोशी गाउँपालिका अन्तर्गत बीपी राजमार्गको दुम्जामा बस र बस र मोटरसाइकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । दुम्जा स्थित साँदी टोट्लीनिर भएको उक्त दुर्घट्नामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि लैजादै गर्दा बाटो मै निधन भएको हो ।
नेपालथोक प्रहरी चौकीका अनुसार झापाबाट काठमाडौँतर्फ गइरहेको मे १ ख ३१८२ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट उदयपुरतर्फ गइरहेको बा ६८ प ८५४८ नम्बरको मोटरसाइकल सुनकोशी गाउँपालिका २ साँदीनिर ठोक्किएको थियो ।
मोटरसाइकल चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका २८ वर्षीय नविन विसुङ्खेको उपचारका लागि धुलिखेल अस्तपताल लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ । बसका चालकलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।