काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना सम्पन्न भएको छ । शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा मतगणना केही बेर प्रभावित बन्न पुगेको थियो।
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । मतगणना सुरु भएदेखि नै उनले अग्रता राख्दै आएका थिए । निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।
बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।