दोलखाको मेलुङ गाउँपालिकामा दुई दिने आलु महोत्सव सुरु भएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा हिजोदेखि दुई दिने मेलुङ आलु महोत्सव २०७६ सुरु भएको हो । मेलुङ गाउँपलिका वडा नम्बर ३ घ्याङसुकाठोक्करको भूमेस्थानमा सुरु भएको महोत्सवको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रि दावादोर्जे लामाले उद्घाटन गरेका थिए ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्रि लामाले दोलखाको मेलुङ गाउँपालिकामा उत्पादन भएको आलु प्रवद्र्धन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । मन्त्री लामाले मेलुङमा उत्पादन भएको आलु भण्डारणका लागि प्रदेश सरकारले डिपिआर निर्माण गर्न तत्काल टोली परिचालन गर्ने प्रतिवद्धता पनि जनाए । प्रदेश सरकारले मागको आधारमा प्रदेशभित्रका सबै स्थानीय तहलाई कृषि सम्बन्धी कार्यक्रम उपलब्ध गराउने भन्दै लामाले कृषिको प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
के के छन् आलुका परिकार ?
दोलखाको मेलुङ गाउँपालिकामा दुई दिने आलु महोत्सव सुरु भएको छ । महोत्सवमा आलुबाट बन्ने २८ थरीका परिकार राखिएको छ । मेलुङ गाउँपलिकामा अर्गानिक आलुको व्यवसायीक उत्पादनलाई बृद्धि गरी गाउँघरमै रोजगारी सिर्जना गर्न र आलुको बजारीकरणलाई सहज बनाउने उदेश्यले महोत्सवको आयोजना गरीएको हो ।
मेलुङ गाउँपलिकामा अर्गानिक आलुको व्यवसायीक उत्पादनलाई बृद्धि गरी गाउँघरमै रोजगारी सिर्जना गर्न र आलुको बजारीकरणलाई सहज बनाउने उदेश्यले मेलुङ गाउँपलिकाको आयोजनामा मेलुङ आलु महोत्सव सुरु भएकोे हो । महोसत्वमा १५ वटा स्टल राखिएको मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवम् मेलुङ गाउँपलिकाका प्रवक्ता हिरा थोक्करले जानकारी दिए । ।
महोत्सवमा राखिएका स्टलहरुमा विउ आलु, तरकारी खाने आलु, गाँजरको जुस, स्थानीय मौसमी र वेमौसमी तरकारी, मेलुङ गाउँपालिकाको फोटो प्रदर्शनी तथा आलुको मम, समोसा, आलु दम लगायत आलुबाट बन्ने २८ थरीका परिकार राखिएको छ । महोत्सवका लागि आलुका परिकार बनाउन काठमाडौंबाट कुक ल्याइएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक प्रस्तुती गरेका थिए । मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको महोत्सव उद्धघाटन कार्यक्रममा प्रदेसभा सांसदहरु विशाल खड्का र रचना खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, जिसस रामेछापका प्रमुख प्रेम बहादुर खड्का, कालिञ्चोक गाउँपलिकाका अध्यक्ष विनकुमार थामी, नेकपा दोलखाका कार्यवाहक अध्यक्ष गोपाल पाण्डे, नेकपाका नेताहरु लालकुमार केसी, शिवप्रसाद भण्डारी, कांग्रेस महासमिति सदस्य बर्मा लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















