दोलखा । जिललाको कालिन्चोक गाउँपालिकाको कार्यालयबाट गएराति महत्वपूर्ण कागजात चोरी भएको छ । गाउँपालिकाको वडा नम्बर ८ सुनखानीमा रहेको कार्यालयवाट महत्वपूर्ण कागजातहरु चोरी भएको हो ।
सुनखानीको कालिनागथानमा पक्कि घरमा रहेको कार्यालय गएराति फुटाएर त्याहाँ रहेको प्रशासनिक तथा लेखा सम्वन्धि कागजात चोरी भएको बताईएको छ । गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले कार्यालयवाट महत्वपूर्ण कागजात चोरी भएको पुष्टि । यद्दपि, गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले स्थानीय जनताले गाउँपालिकाको कागजात कव्जा गरेर गाउँपालिकाकै वडा नम्बर ५ लापिलाङ पु¥याएको बताए ।
कालिन्चोक गाउँपालिकामा केन्द्र सम्वन्धि विवाद लामो समयदेखि रहदै आएको छ । विवादकै कारण अहिलेसम्म केन्द्रको टुँगो लाग्न सकेको छैन । श्रोतका अनुसार कालिन्चोक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुभाष थामीको नेतृत्वमा गाउँपालिकाको कागजपत्र कव्जा गरिएको हो । गाउँपालिकाको केन्द्र सम्वन्धि विवाद भएपनि प्रशासनिक र लेखा सम्वन्धि कागजात कव्जा गरी लैजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















