अशोक बुद्ध लामा
धुलिखेल । काभ्रेको धुलिखेमा धुलिखेलमा ‘व्यबहार परिवर्तन अभियान’ सम्बन्धि ५ दिन कार्यशाला सुरु भएको छ । वातावरण र जनस्वास्थ्य संस्था(एन्फो) को सहयोग र शान्ति जन आदर्श सेवा केन्द्रको समन्वयमा उक्त कार्यशाला शुरु भएको हो ।
कार्यशालाको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के. सीले नयाँ ढंगले व्यवहार सुधार गर्न जरुरी रहेको र परिवर्तन गर्न गाह्रो रहेको बताए । असंभव भने नरहेको बताउदै मानिसमा चेतना हुनुपर्ने र चेतना पछाडि बिकास हुनुपर्ने कुरा उल्लेख गर्दै समाज परिवर्तन गर्नेले आफु परिवर्तन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका विषेश अतिथि खानेपानी डिभिजन इन्जिनियर ओमहरि ताम्राकारले तालिममा सिकाइएको १०% मात्रै समाजमा दिएमा धेरै राम्रो हुने बताउदै कार्यक्रम सफलताको शुभकामना दिए ।
कार्यशालामा शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले व्यवहार परिवर्तन अभियान कार्यक्रम जिल्लामै पहिलोपटक शुरु भएको र सरसफाइको तथा स्वस्थ हुन एक घर एक फिल्टर हुनुपर्ने बताए । ५ दिनको बसाइमा सिकेको सीप तथा अनुभवले १५ हजार व्यक्तिलाई फाइदा र्पुयाउनुपर्ने अध्यक्ष लामाले बताए । १५ जना अभियान्तहरु सहभागी रहेको उक्त कार्यक्रम ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।