काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका–५ ल्हास्कोटमा एम्बुलेन्स दुर्घटना हुँदा ४ गम्भिर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएका छन् । काठमाण्डौंबाट सिराह तर्फ जाँदै गरेको स १ च ११९१ नम्बरको लास बोकेको एम्बुलेन्स आज (मंगलबार) विहान दुर्घट्ना भएको हो ।
उक्त एम्बुलेन्स ल्हास्कोटमा पुगेपछि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सु–स्वास्थ्य हेल्थ कियर प्रा.लिद्वारा सञ्चालित उक्त एम्बुलेन्समा मृतक सहित ७ जना सवार थिए । एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परि गम्भिर घाइेत भएकोहरुमा एकै परिवारका सोहित शाह, देब कुमार शाह, उनका श्रीमती निलु कुमारी शाह र श्रीराम शाह रहेका छन् भने अरु दुई जना सामान्य घाईते भएका छन् ।
गम्भिर घाईतेमध्येका एक सोहित शाहलाई थप उपचारका काठमाडौंको अन्नपूर्ण अस्पतालमा रिफर गरिएको भने बाँकीको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।