काभ्रेको चौंरीदेउरालीमा ट्रक दुर्घट्ना, पाँचजना गम्भिर घाइते
बनेपा । काभ्रेको व्यस्त बजार बनेपामा सवारी दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार आज (मंगलबार) साँझ ५ बजेको समयमा बनेपा नगरपालिका वडा नं. ७ स्थित कृष्ण प्रसाद अस्पताल अगाडि पनौति बनेपा सडकखण्डमा दुर्घट्ना भएको हो ।
पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा. १८ च ३९५२ नम्बरको महेन्द्र बलेरो गाडीले सोही स्थानमा रोकी राखेको बा ५० प ४४४७ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।  ठक्करबाट मोटरसाईकल पछाडि सवार रहेकी पाँचखाल नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० की सिता काफ्ले घाइते भएकी थिइन् । घाइते काफ्लेको उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपमा लगिएकोमा निजको उपचारको क्रममा बेलुका ५ बजेर २० मिनेटमा मृत्यु भएको थियो । मोटरसाईकल चालकलाई भने केही नभएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि घट्नास्थलमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटेका प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।