काभ्रे । जिललाको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईबाले नगरको प्रत्येक वडा–वडामा खेलमैदान बनाउने उद्घोष गरेका छन् । जिल्ला पालिकास्तरिय प्रथम मेयर कप खुल्ला भलिपल प्रतियोगिताको आज ९मंगलबार० उद्घाटने गर्दै नगरप्रमुख वाईबाले उक्त उदेघोष गरेका हुन् ।
खेल राष्ट्रकै गौरवको विषय भएकोले यसको विकासमा आफू सदैव सकारात्मक रहेको वाईबाले बताए । ‘खेलकुद मनोरञ्जन मात्रै नभई स्वस्थ जीवनका लागि, अनुशासनका लागि र राष्ट्रको लागि महतत्वपूर्ण रहेको छ ।’ नगर प्रमुख वाईबाले भने, ‘मण्डनदेउपुर नगरपालिकाको प्रत्येक वडा–वडामा खेलकदको कार्यक्रम लिएर जान चाहन्छौं हाम्रो योजनामा नगरको प्रत्येक वडा–वडामा खेल मैदान बनाउनुपर्छ र बजेट विनियोजन गर्नुपर्छ ।’
प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने योजना अनुरुप नै चालु आर्थिक वर्षमा सम्पन्न गराउने गरी वडा नम्बर १ र २ मा बजेट विनियोजन भएर खेल मैदान बनाउने काम सुरु भएको वाइबाले बताए ।
गत वर्षबाट वडा नम्बर ७ महादेवस्थानको कमेरेमा निर्माण थालिएको नगरस्तरिय खेलकुद मैदान सम्पन्न गराउन भने प्रदेश सरकार र संघिय सरकारलाई पनि मद्दत मागेको वाइबाले जानकारी दिए । ‘गत वर्ष २५ लाख विनियोजन गरेर बनाउन थालेको नगरस्तरिय खेल मैदान सम्पन्न गर्न नगरको स्रोत साधनले मात्रै नभ्याउने भएर प्रदेश सरकार र संघिय सरकारलाई पनि सहयोगका लागि अनुरोध गरेका हौं ।’ उनले भने ।
मेयरकप भलिवल प्रतियोगिता उद्घाटन समारोमा नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युतप्रसाद पौडेलले यसखाले कार्यक्रम गरेर नगरले प्रसंशनिय काम गरेको बताए ।
प्रथम मेयर कप भलिवल प्रतियोगिता संचालक समिति संयोजक रमेश क्षेत्रीले यस प्रतियोगिताले युवा प्रतिभाको प्रस्फुटनका साथै स्थानिय स्तरको खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा मण्डनका तीन वटा टोली, बनेपा, धुलिखेल, बुडोल, पनौती तथा अन्य स्थानिय तहका खेलाडीहरुको टोली समेत गरी १० टिम सहभागी हुने क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रका साथै ५५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार समेत प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रका साथै ३३ हजार ३ सय ३३ रुपैंया नगद पुरस्कार र तेस्रो हुने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रका साथै २२ हजार २ सय २२ रुपैंया नगद पुरस्कार प्राप्त गर्नेछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।