दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप छ ।
हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका वेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो । कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा इलाहावाद हाइकोर्टमा विचाराधीन छ ।
जाहेरीअनुसार उज्ज्वललाई ३० अक्टुबर २०१५ मा अपहरण गरिएको थियो । त्यतिवेला अपहरणविरुद्ध ठुटीबारीमा स्थानीयले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले ठुटीबारी बजार नै बन्द गराएर दशगजा क्षेत्रमा पनि नाराबाजी गरेका थिए ।यो समाचार नयाँपत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेकाछन् ।