काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्री बाँस्कोटाले कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्न जनतालाई अनुरोध गरेका छन् ।
लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई बुधबार बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।
’कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुहोस्’ बाँस्कोटाले भने, ’तपाईंहरू साथ दिनुहोस्, जनप्रतिनिधि के–के काम गर्दैछन् अनुगमन गर्न पनि आग्रह गर्छु।’ चुनावको वाचा अनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताउँदै उनले चुनावदेखि चुनावसम्मको राजनीति राजनीति नभएको बताए ।
राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बन्त्री बाँस्कोटाले स्पष्ट पारे ।  ’मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न ।’ उनले भने, ‘कुनै कसर बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजायँ दिलाइन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।