काठमाडौं । सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविमा अध्ययन गरेका विद्यार्थीहरुको भेला सम्पन्न भएको छ । भेलाले विद्यालयका भूतपूर्व विद्यार्थी कैलाश खड्काको अध्यक्षमा २१ सदस्यीय भूतपूर्व विद्यार्थी समाज गठन गरेको छ ।
समाजको उपाध्यक्षमा मधुसुदन रायमाझी, सुष्मा लामा, सचिवमा हिरालाल दोङ, सह–सचिवमा सुरेश चालिसे र कोषाध्यक्षमा सुमित्र घिमिरे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुन्दर चालिसे, शैलेन्द्र पाण्डे, विपिन कोइराला, दिपेन्द्र खड्का, उदय लामा, सुरोज कुमार बल, रमेश केसी, सुनिल चालिसे, कुबेर खड्का, अप्सरा खड्का, राजकुमार तामाङ, सुनिल तोलाङ्गे, सुरेश बिक, दुर्गा खड्का र दिपक पाण्डे रहेका छन् ।
भेलाले १५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा पूर्व सभासद शिवबहादुर खड्का, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, समाजसेवी दिपेन्द्र कुमार कार्की, व्यवसायी राजाराम खड्का, परशुराम कार्की, विकेश लामा, नारायण खड्का, सुशिला मिश्र, सुचित्रा घिमिरे, रामचन्द्र खड्का, चन्द्र मानन्धर, रामचन्द्र पाण्डे, उर्मिला चालिसे, विनिता खड्का र टाइसन लामा रहेका छन् ।
वि. संं. २०१४ सालमा स्थापना भएको कुशेश्वर माविबाट हालसम्म १८ सय विद्यार्थी उत्पादन भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















