काभ्रे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा), काभ्रेले शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रमको आयोजना गरिने भएकोे छ । राष्ट्रिय पर्वहरु दिपावली, नेपाल संवत् ११४० तथा छठ पर्बको अबसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एबं पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा र अर्का नेता एबं गृहमन्त्री राम बहादुर थापा(बादल)को बिशेष आतिथ्यतामा हुने नेकपाले जनाईएको छ । कार्यक्रम आगामी कार्तिक ८ गते विहान ११ः३० बजेबाट शुरुहुनेछ ।
जिल्ला अध्यक्ष रुकु चौंलागाईं र सविच टोकबहादुर वाईबाले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रममा पार्टी कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणलाई सहभागीताको लागि अनुरोध गरेका छन् । कार्यक्रममा १० हजारजनालाई निमन्त्रणा गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।