तेमाल । काभ्रेको तेमाल गाउँपालिकाले थालिएको अपांगता परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत आजसम्ममा १ सय १ जनालाई परिचय पत्र वितरण गरिएको छ । मंगलबार देखि थालिएको अपांगता परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत वडा नं. १ देखि ६ सम्ममा १ सय १ जनालाई वितरण गरिएको हो ।

परिचय पत्र वितवरणको क्रममा वडा नं. १ देखि ६ सम्म वितरण गरिदा क वर्गको ३ जना, ख वर्गको ३३ जना, ग वर्गको ४१ जना र घ वर्गको २४ जना रहेका छन् ।
तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङका अनुसार हाललाई वितवरण कार्यक्रम स्थगित गरिएको बताएकी छिन् । तिहार पर्वपछि वडा नं. ७, ८ र ९ मा वितरण गरिने उपाध्यक्ष तामाङले जानकारी दिएकी छिन् ।

 

तेमाल गाउपालिकाको आपाङ्गाता परिचय पत्र बितरण गर्ने क्रममा आज वडा नं. ५ र ६ मा वितरण गरिएको थियो । ५ नं. वडाका वडा अध्यक्ष प्रविन लामाका अनुसार वडा नम्बर ५मा क वर्गको १ जना, ख वर्गको ४ जना, ग वर्गको ३ जना र घ वर्गको ६ जना गरि जम्मा १४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ ।

त्यसैगरि वडा नं. ६ का वडा अध्यक्ष विकु मोक्तानका अनुसार वडा नं. ६ मा ख वर्गको ९ जना, ग वर्गको ९जना र घ वर्गको ५ जना गरि जम्मा २३ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।