लूटपाट गर्ने ५ जना पेस्तोल र गोली सहित पक्राउ
ललितपुर:- ललितपुरको लुभु क्षेत्रबाट नेपाल कम्प्युनिष्ट पार्टी ‘विप्लव’ समूहका ४ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।
बिहीबार बेलुका प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ पर्नेमा वर्ष २१ का निकुञ्ज सेवा, वर्ष ६० को जित बहादुर खपाङ्गी, वर्ष २७ को श्रवण भन्ने बिजेश ढकाल र वर्ष ४२ को पेम्बा जम्बु शेर्पा रहेको सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले बताए ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थपिएको डिएसपी तामाङले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।