काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले काँग्रेसलाई देश दिंदा देशै बर्बाद बनाएको आरोप लगाएका छन् ।
शनिबार नेकपा काभ्रेले राष्ट्रिय पर्वहरु दशैं, तिहार, छठ र न्हुदयको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।
नेता नेपालले काँग्रेसलाई मात्र आरोप लगाएनन् प्रदेश २ का जनताले मधेशवादी पार्टीलाई दियो, प्रदेश २ बर्बाद बनाएको आरोप समेत लगाए । ‘अब कम्युनिस्टले मात्र गर्न सक्छ । काँग्रेसलाई देश दियो देशै बर्वाद बनायो ।’ उनले भने, ‘मधेसवादिलाई २ नम्बरमा दियो २ नम्बर बर्बाद बनायो ।’
सम्बोधन कै क्रममा नेता नेपालले नेतामा सुन्ने कम भएको बताउँदै कुरामात्र धेरै गर्ने बानी सबैमा रहेको बताए । ‘हाम्रो कुरा धेरै गर्छौ अरुको कुरा सुन्दैनौ ।’ उनले भने, ‘नेतामा पनि सुन्ने कम बोल्ने धेरै जस्ता बानी छ । बोल्ने मुख तल, सुन्ने कान माथी, हेर्ने आँखा माथी सबैभन्दा माथी सोच्ने दिमाग छ । सुनौं, हेरौं, सोचौं अनि बोलौं ।’
कम्युनष्ट पार्टीको सरकार आएपछि मुलुकमा राजनीति स्तायित्व कायम भएको नेता नेपालले स्पष्ट पार्दै आफ्नो पार्टीले जितेको ठाउँमा राम्रो काम गरेर देखान कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा नेपालले जोड दिए । ‘पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । कार्यकर्तालाई गतिशिल बनाउनुपर्छ ।’ उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।