काभ्रे । नेकपा काभ्रेले आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले बिप्लब समूहको कार्यकर्तालाई भूपू मायाको संज्ञा दिएका छन् । नेकपाकै केही कार्यकर्ताहरुले विप्लबका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दा ‘वर्गीय माया लाग्यो’ भनेर फेसबुकमा लेखेको भन्दै मन्त्री बाँस्कोटाले भुपूमायालुलाई नसम्झिन अनुरोध गरे ।
‘भुपु मायालु नसम्झिनुहोस् । यो अलि ठीक लागेन । बिप्लवको कार्यकर्ता पक्राउ पर्दा केही साथीहरुले फेसबुकमा ‘बर्गिय माया लाग्यो’ रे ।’ काभ्रे जिल्ला इन्चार्ज समेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘कमरेड, अरुले सिन्धुर हालिसक्यो । सम्झिनुको कुनै अर्थ छैन ।’
कार्याक्रमलाई सम्बोधन गर्दै बाँसकोटाले काँग्रेसको तालमा ननाच्न कार्यकर्ताहरुलाई अनुरोध गरे । ‘काँग्रेसले मादल ठोक्छ, हाम्रा साथीहरु त्यही तालमा नाच्न थाल्छन् । चिया पसलमा हाम्रै सरकारको टिप्पणी गर्न थाल्छन् ।’ उनले भने, ‘यो रोकिनुपर्छ, काँग्रेसले हाम्रो आलोचना गर्दा डटेर सामना गर्नुपर्छ । हाम्रो सरकारले केके गरेको छ उठेर हेर्नुप¥यो नि ।’
काँग्रेसले आफूहरुलाई सिकाउन खोजेको मन्त्री बाँस्कोटाले आरोप लगाउँदै काँग्रेसले रेल र तेल खोजेको बताए ।
‘काँग्रेसले हामीलाई सिकाउन खोज्छ । रेल खोइ ? तेल खोइ ? रे ।’ उनले भने, ‘रेल त अब आयो आयो । रेल चढ्दा कांग्रेसले पनि टिकट त काट्नै पर्छ । कि रेल नचढ्नुप¥यो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















