पनौती । काभ्रेको पनौती नगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका १६ जना कार्यकर्ताहरुले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । नेकपा पनौति–४ को आयोजनामा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

काँग्रेस परित्या गरि नेकपामा प्रवशे गर्नेहरुमा शुक्र तामाङ दोङ, मिल्के तामाङ, शुक्र सिंतान, मंलग तामाङ, भिमबहादुर सिंतान, कर्ण तामाङ, कष्ण तामाङ, आशाकाजी तामाङ, सूर्यबहादुर तामाङ, आर्या तामाङ, रिनेश तामाङ, राजन तामाङ (ठूलो), सुजन तामाङ, बीरबहादुर तामाङ, चन्द्रबहादुर दोङ, खेमबहादुर तामाङ रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज), नेकपा प्रदेश ३ का सदस्य रामहरि सुवेदी, पनौती नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गीता बञ्जारा, जिल्ला सदस्य दैवलाल घिसिङ (अनुशिल) लगायतले स्वागत गरेका थिए ।

प्रवेश गर्नेहरु मध्यमा शुक्र तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेको तर्फबाट उम्मेदवार समेत थिए । नेपाली काँग्रेस मक्किसकेको र समृद्ध नेपाल निर्माणको विपक्षमा उभिएको कारण काँग्रेस परित्याग गरेको तामाङले बताए । ‘लोकतन्त्रको मन्त्र जपेर, लोकतन्त्र नै सखाप पार्ने खेलमा मात्र लागेका थिए काँग्रेस ।’ उनले भने, ‘देश बर्बाद बनाउने पार्टी काँग्रेस भएकोले हामीले आजकै मितिदेखि नेकपामा प्रवेश गरेका हौं ।’ देश विकासमा तिब्रता भएकोले नेकपा नै अहिलेको राम्रो पार्टी भएको उनले ठोकुवा गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।