अञ्जली तामाङ
बनेपा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोसियल साईट र अनलाईन मिडियालाई नछुट्याए नेपालको पत्रकारीता क्षेत्र गन्जागोलको सिकार हुने चिन्ता व्यक्त गरेका छन् । नेपाली पर्वहरुको उपलक्ष्यमा अनलाईन मिडिया सञ्जाल, नेपालले आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
सम्बोधनको क्रममा मन्त्री बास्कोटालेले नेपालको कर्पोरेट हाउसहरु समेत अनलाईन तर्फ अगाडि बढेको बताए । ‘सोसियल साइट र अनलाईन मिडिलाई छुट्याएन भने नेपालको पत्रकारीता क्षेत्र गन्जागोलको शिकार हुनेछ ।’ उनले भने, ‘अब सबै कार्पोरेट हाउसहरुले आफ्नो कागजी प्रोडक्सनको संख्या घटाउँदै लगेका छन् र उनीहरु अनलाईन तर्फ अगाडि बढ्दैछन् । यसले अनलाईन मिडियोका आवश्यकता र महत्व दर्शाएको छ ।’
छापा मिडिया ‘न्यूज विक’ को हालतमा
कार्यक्रममा बाँस्कोटाले छापा मिडिया अब विश्वको चर्चित साप्ताहिक पत्रिका ‘न्यूज विक’को हालतमा पुग्ने बताए । छापा माध्यम ‘मेन स्ट्रीम जर्नलिज्म’ भित्र भएपनि रुपान्तरित रुप चाहिं अब अनलाईन मिडिया हुने बताए ।
‘अनलाईन मिडिया र सोसियल साइट एउटै हो भन्ने दृष्टिकोणहरु निर्माण भइरहँदा नेपाली प्रेसले अब आफै तीनचोटी निधार खुम्च्याएर सोच्ने बेला भएको छ ।’ उनले ‘न्यूज विक’को उदाहरण दिंदै बाँस्कोटाले भने, ‘स्पष्ट यसमा हुनुपर्छ, न्यूज विक विश्वभर प्रसिद्ध रहेको एउटा वीकली म्यागजीन हो । त्यसले खासगरि आर्थिक, अन्तर्राष्ट्रि राजनीति र कुटनीतिकोबारेमा गहण र विश्लेषणात्मक अध्ययन गथ्र्यो र छाप्थ्यो । निक्कै स्तरीय पत्रिका मानिन्थ्यो । त्यो निकै वर्ष भइसक्यो त्यसको अवसन भयो । त्यसैले हाम्रो छापा माध्यम मेन स्ट्रीम जर्नलिज्म भित्र हो, रुपान्तरित रुप चाहिं अब अनलाईन मिडिया हुनसक्छ ।’
अब सिंगो मुलुक डिजीटल इकोनोमी तिर
उनले अब सिंगो मुलुक डिजिटल इकोनोमी तिर जाने स्पष्ट पार्दै अमेरिकोको अर्थतन्त्रको चौथो आधार इन्टरनेट रहेको बताए ।
‘डिजीटल नेपाल फ्रेम वर्क मन्त्री परिषद्ले पास गरेको छ । आब सिंगै मुलुक डिजिटल इकोनोमि तिर जान्छ ।’ मन्त्री बाँस्कोटाले भने, ‘अमेरिकामा इन्टरनेट अर्थतन्त्रका चौथोे आधारको रुपमा स्थापित भएको छ । उसले गतसाल २१ खर्ब डलरको इन्टरनेट कारोबार गरेको छ ।’
पुजाकारीता देखि हेडलाईनकारिताको चर्चा
सम्बोधन कै क्रममा नेपालको पत्रकारीता पूजाकारीताबाट शुरु भएको र हाल आएर हेडलाईनकारितामा विकास भएको चर्चा गरे ।
‘सबभन्दा पहिला हामी पुजाकारीताबाट आयौं, पत्रकारीता होइन । व्यक्तिको पुजाकारीताबाट आयौं । यो राणाशासनको बेला थियो । त्यसको विरुद्ध विद्रोह भयो । त्यसपछिका प्रेसले पार्टीकारिता ग¥यो ।’ उनले भने, ‘पछिल्ले चरणमा प्रेसले व्यवसायीक पत्रकारीता गर्न थाल्यो । अहिले आएर फेरि भड्केर हेडलाईनकारिता गर्न थालेको छ । एकै छिनमा बेपत्तै हुने एकै छिनमा केही पनि नहुने ।’
अनलाईनले ट्याक्स तिर्नुपर्छ, तर ‘ट्याक्स प्रसाद ओली’ भन्ना पाईदैन
मन्त्री बाँस्कोटाले अनलाईन मिडियालाई व्यवस्थित, नियमित, बढ्ता प्रभावकारी, बढ्ता फलदायी, बढ्दा सुनिश्चित, बढ्ता व्यवस्थित, बढ्ता विश्वसनीयता बनाउने कुरामा सरकारले कुनै कन्जुस्याइ नगर्ने बताए ।
मिडियाले विज्ञापन पाएपछि कर तिर्न उनले सुझाब दिए । ‘अनलाइनले विज्ञापन पाउने कानुन थिएन । अहिले पाउँछ । विज्ञापन पाएपछि कर तिर्नुपर्छ है ।’ उनले भने, ‘यहाँ ट्याक्स प्रसाद ओली भनेर हिंडन् पाईंदैन । तपाईंले ट्याक्स नतिरे तपाईंको देश कस्ले आएर बनाईदिन्छ ? यो कुराको सबैलाई शिक्षा दिनुप¥यो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















