पाँचखाल । ३ नं. प्रदेशसभा सदस्य सांसद लक्ष्मण लम्साल काभ्रेको पाँचखालमा चक्रपथ निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आज (शनिबार) काभ्रेको पाँचखालमा रहेको प्रतिष्ठा कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सांसद लम्साल उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।
‘पाँचखालमा चक्रपथ निर्माण, सिंचाई, खेलकुद, स्वास्थ्य लगायतको विकास निर्माणको लागि म निरन्तर रुपमा अगाडी बढेको छु ।’ सांसद लम्सालले भने, ‘कृषि विकास र कृषकको हितको लागि यी कुराहरु आवश्यक छ । त्यो पूरा गर्नेछौं ।’
कृषि नगरीका रुपमा रहेको पाँचखालमा संञ्चालनमा आएको कृषि सहकारीहरुले कृषकको हितको लागि कार्य गर्नुपर्ने ठुलो दायित्व रहेको सांसद लम्सालले जोड दिँदै राज्यको तर्फबाट लगानी गर्ने वातावरण बनाउने बताए । ‘कृषकहरुको हितको लागि सहकारी संस्थाले गरेको लगानीमा राज्यको तर्फबाट साथ र सहयोग गर्ने वातावरण तयार गर्ने कुरामा म अगाडि नै हुन्छु ।’ उनले भने, ‘जबसम्म कृषकहरुलाई सम्मान गर्न सकिन्न तवसम्म मुलुकलाई अगाडी बढाउन सकिदैन ।’
सभ्य समाज निर्माणको लागि वैदेशिक रोजगारीको लागि विदेशमा गएका युवाहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण तयार गर्ने बिषयमा आफुले पहल गर्ने बताउँदै सांसद लम्सालले राज्यलाई रुपान्तरणको लागि नेपाली युवाहरुलाई नेपालमै रहने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता सरोज सापकोटालाई सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट बाल बचतकर्तामा कस्तुप फुयाल, उत्कृष्ट दुग्ध उत्पादक कृष्ण प्रसाद दुलाल, भिम प्रसाद काफ्ले रहेका थिए ।
एस.इइ उतिर्ण सम्मान तर्फ निजि विद्यालयबाट सुनिम बानियाँ, सामुदायिक विद्यालयबाट सुनिता बानियाँ, नम्रता दनुवार, निता दुलाल, सुमित्रा भण्डारी, प्रथम दुलाल, एलिना जिसी, प्रजिता सापकोटा, मन्जिता थापा, रामकला शिवभक्ति, रजनि दुलाल, वविन दुलाल, सविन दनुवार, रोनिश भुजेल, रोहन सापकोटा र सदिक्षा सापकोटा रहेकाछन् ।
प्रतिष्ठा साकोसको अध्यक्षमा थापा
संस्थाको आठौ साधारणसभाबाट आगामि कार्यकालको लागि अध्यक्षमा ज्ञान वहादुर थापा निर्वाचित भएका छन् । थापा र गोविन्द प्रसाद काफ्ले चुनावि मैदानमा उत्रिएका थिए । निर्वाचनमा थापाले २९७ मत हासिल गरेका थिए भने काफ्लेले २३३ मत हासिल गरेका थिए ।

निर्वाचनबाट उपाध्यक्षमा श्याम वहादुर दुलाल, सचिव लक्ष्मण सापकोटा, कोषाध्यक्ष शिताराम अधिकारी चुनिएको छ । त्यसैगरी सदस्यहरुमा तारा प्रसाद दुलाल, जयराम दनुवार, सुदर्शन अधिकारी, सरस्वति दाहाल अधिकारी, शिता बानियाँ, प्रदिप पौडेल, शुक्रमायाँ दनुवार चयन भएका छन् । सुदर्शन अधिकारीको संयोजकत्वमा गठित लेखा उपसमिति सदस्यहरुमा अर्जुन बानिया र सानुमैया नेपाल रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।