काठमाडौं । काठमाडौं स्थित महाराजगन्जको साम्बाला होटेल पछाडिको जुवाखालबाट २५ जना पक्राउ परेका छन्। शनिबार राति जुवाखालमा प्रहरीले छापा मार्दा क्यासिनो किङले परिचित बलराम सापकोटा र श्रवण गोयलसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए।
पक्राउ परेका अन्य व्यक्तिहरूबारेमा प्रहरीले केही खुलाएको छैन। उक्त स्थानमा उच्च पदस्थ व्यक्तिहरू जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति छापा हान्न प्रहरीको टोली पुगेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















