हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राक्सिराङ गाउँकमिटीले मकवानपुर जिल्लाको भीमफेदी स्थित क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीहरुलाई दुई वटा राँगो हस्तान्तरण गरेको छ ।
नेपालीहरुको पर्व दिपावलीको अवसरमा आइतबार कारागार भित्र पनि चाडपर्वहरु सहज ढंगले मनाउन सकियोस् भन्ने उद्देश्यले राँगो दिइएको रक्सिराङ गाउँकमिटीका अध्यक्ष हस्तबहादुर मोक्तानले जानकारी दिए ।
कैदीबन्दीहरुले बिजयादशमी सुरु हुनुअघि नै मासुजन्य व्यवस्थापनका लागि स्थानीय तह र सहयोगी दाताहरुलाई पत्राचार गरी खसी र राँगाहरु माग गरेका थिए । पार्टीको तर्फबाट आफूहरुले २ वटा राँगाको व्यवस्था गरेको मोक्तानले बताए ।
कैदीबन्दीहरुलाई राँगा हस्तान्तरण गर्न पार्टीको प्रदेश ३ का सदस्य ओमबहादुर ग्लान, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कैलाश गाउँपालिका उपाध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपलिका वडा नं. ३ को वडाध्यक्ष बाबुलाल स्याङ्तान, ६ नं वडाध्यक्ष सिंगलाल चेपाङ, कार्यपालिका सदस्य सिमोन सुनार, नेकपा जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, नेकपा राक्सिराङका सचिव ओम स्याङ्तान कारागार पुगेका थिए ।
चाडपर्वमा मासुजन्य व्यवस्थापन नेकपाले गरेपछि सबै कैदीबन्दी खुशी भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















