दाप्चा । पुर्व माओवादीका जिल्ला सदस्य र नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस नमोबुद्ध नगर समितिले दाप्चामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज समेत रहेका पूूर्व जिल्ला सदस्य दुर्गा लामा, २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ९ का अध्यक्षका प्रत्यासी बिरबहादुर लामा, पूर्व माओवादीको नगरकमिटी सदस्य गिता श्रेष्ठ, पूर्व माओवादीको वडा नं ९ कमिटी अध्यक्ष धर्मलाल लामा, तत्कालीन एमालेको काभ्रे काठमाडौ सम्पर्क मञ्चका सचिव बलराम अधिकारी सहित ३ सय ५१ जना नेपाली कांग्रेस प्रबेश गरेका हुन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, नगर सभापति कुन्साङ लामा लगायत नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
वडा अध्यक्षका प्रत्यासी लामा १५ मतले पराजित भएका थिए । इन्चार्ज लामा लामो समय कम्युनिस्ट राजनितिमा सकृय थिए । पुर्व माओवादी नेता दुर्गा लामाले कम्युनिस्ट अधिनायकवाद र नेताको कार्यशैलीको कारण काँग्रेस प्रवेश गरेको बताउदै जनयुद्धको नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्री केपि ओलिका घरज्वाईं बस्न गएको आरोप लगाए ।
वडा अध्यक्षका प्रत्याशी लामाले नगरमा नेकपाको बहुमत हुँदा पनि निर्वाचनको बेला दिएका आश्वासन पूरा गर्न नसकेकोमा क्षमा माग्दै काँग्रेस मार्फत ती वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस सहमहामन्त्री महतले कम्युनिस्टले आश्वासन मात्रै बाढेकाले कार्यकर्ताले क्रमश पार्टी परित्याग गर्न थालेको बताए । कांग्रेसमा जनताको बिश्वास बढेको तर्क गर्दै उनले आगामी निर्वाचनमा कम्युनिस्टलाई सवक सिकाउनुपर्ने बताए । केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले अधिनायकवाद बिरुद्धको अन्तिम लडाइँमा कांग्रेस रहेको बताए ।
कार्यक्रममा तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, कांग्रेस जिल्ला सचिव दिनेश लामा, कांग्रेस नेता ईन्द्रमणि अधिकारी, हर्षजित लामा, तिर्थबहादुर पसखल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति तिर्थ लामा, सहसभापति एवं प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का सभापति रमेशप्रशाद हुमागाई, प्रदेश सभा क्षेत्र नम्बर १ (क) का प्रदेश सभा प्रत्यासी सिबि लामा, १ (ख) का प्रत्यासी गणेश लामा, प्रदेश सभा क्षेत्र नम्बर १ (क) का सभापती राम योन्जन, रोशी गाउँपालिका अध्यक्ष डिवि लामा, उपाध्यक्ष लक्ष्मी बर्तौला, महिला संघ प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का सभापति जयन्ती हुमागाई, वडा अध्यक्ष कुलप्रसाद न्यौपाने, कर्मग्याल्वो लामा, तरुण दल नगर सभापति मणिक लामा, वडा ईकाई सभापतिहरु रामेश्वर अधिकारी, शंकरदेव भट्टराई, गोकुल तिमल्सिना, लालकाजी लामा, सन्तोश खनाल, कृष्णप्रसाद तिमल्सिना, पुष्प श्रेष्ठ, रामशरण थापा लगायतले कम्युनिस्ट अधिनायकवाद उन्मुख भएकाले कांग्रेसको बिकल्प नभएको तर्क गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















