काठमाडौं । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए। उक्त रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ति लामालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले आज सुवाइ गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका बलेसहित ६ जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। भण्डारीको इजलासले यही सोमबार र आज (बुधबार) बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका अन्य ८ जनालाई पनि म्याद तामेल गरेर हाजिर गराउन आदेश दिएको हो।
भण्डारीको यो आदेशसँगै जुवाडेहरुविरुद्ध मुद्दा अघि बढाउन प्रहरीलाई सजिलो भएको छ। यही सोमबार पक्राउ परेकाहरु इन्द्र श्रेष्ठ, प्रेम थापा मगर, रामकृष्ण श्रेष्ठ र अशोक श्रेष्ठले थुनामुक्त गरी पाऊँ भन्दै रिट हालेका थिए। आजै शम्भु बुढाथोकी, होमप्रसाद चौलागाईं, साङगे शेर्पा र ग्यालजे लामाले पनि बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















