धरान उपमहानगरपालिकामा सबै दलले उम्मेद्वारको टुङ्गो लगाउँदा सत्तारुढ नेकपाले भने उम्मेदवार छान्नै सकेको छेन । आकांक्षीहरुको संख्या बढी भएकोले उम्मेदवार छान्न सकस भएको हो ।
नेकपाको केन्द्रीय कमिटीले कात्तिक १० भित्र उम्मेद्वारको नाम सिफारिस गर्न भनेको थियो । तर आकांक्षीहरु धेरै भएकाले धरानमा टुंगो लाग्न नसकेको हो।
’एकजनालाई सर्वसम्मत गराउने तयारी छ ।’ नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने, ‘सचिवालयले टुङ्ग्याए पनि पुरा कमिटीबाट अनुमोदन गराउनु पर्ने भएकाले अहिलेलाई स्थगित भएको हो।’
धरानको मेयरका आकांक्षीमा नगर अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म झण्डै १२ जना छन् । केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङ्म्बो, मुकेश मेयाङ्म्बो, आइन्द्रविक्रम बेगा, जिल्ला सदस्यहरु प्रकाश राई, पदम इस्बो ९लिम्बू०, तीर्थ मास्के, चोत्लुङ, अशोक राई, नगर अध्यक्ष नारायण सुवेदी र मजदुर नेता मोतिराज सुनुवार आकांक्षी देखिएका छन्।
धरान उपमहानगरमा मेयर र वाड नं. ७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ। वडाअध्यक्ष भुवन मुक्तान र मेयर तारा सुब्वाको गत वर्ष निधन भएपछि दुवै पद खाली भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















