काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले केही दिन अस्पतालमै वा डाक्टर सहित शान्त ठाउँमा आराम गर्न सुझाव दिइएको छ । स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धपेडी बढी भएकोले प्रधानमन्त्रीलाई आराम गर्न स सुझाव दिएको हो ।
मिर्गौला प्रत्यारोपणको लामो समयपछि पनि प्रधानमन्त्री ओली सक्रिय रहेका छन् । हालै मात्र सिंगापुरमा उपचार गरी फर्किएका उनलाई धपेडी नगर्नका लागि सुझाव दिइएको थियो । तर राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा उनको सहभागीता रहँदै आएको छ ।
‘अहिले धेरै धपेडी नगरी आराम गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् । बरु, अस्पतालमा बसेरै भए पनि केही दिन आराम गर्नुपर्ने देखियो’, ‘ग्रान्डी अस्पताल स्रोतले भन्यो,‘प्रधानमन्त्रीको थप स्वास्थ्यका बारेमा अस्पतालले विज्ञप्ति जारी गरेरै जानकारी दिनेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















